नेपाल राष्ट्र बैंकले ६ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै
सोमबार, २३ फागुन २०७८, १० : ५३
आगामी बुधबार ६ अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी दुई किसिमका कुल ६ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको हो । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्था, सामूहिक संघ, संस्था तथा व्यक्तिले आज सोमबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बाँडफाँड भने बुधबार अर्थात फागुन २५ गते हुनेछ ।
बैंकका अनुसार २८ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ।
प्रतिस्पर्धात्मक प्रणालीमा ट्रेजरी बिलको बाँडफाँड हुने भएपनि अधिकतम ८५ प्रतिशत प्रतिस्पर्धात्मक रुपमा नै र बाँकी १५ प्रतिशत भने विना प्रतिस्पर्धा बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीरले तोके आफ्नो कार्यकाल
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण