चीनसँगका व्यापारिक नाका निर्वाध सञ्चालन गर्न सरकार क्रियाशील छ : परराष्ट्रमन्त्री

सरकारले चीनसँगका व्यापारिक नाका यथाशक्य चाँडो निर्वाधरुपमा सञ्चालन गर्न अथक प्रयास गरिरहेको बताउँदै मालबाहक सवारीसाधनको सङ्ख्या बढाउनका लागि चिनियाँ पक्षसँग कूटनीतिक प्रयत्न भइरहेको स्पष्ट गरेको छ । चीनसँगका व्यापारिक नाका निर्वाध ढङ्गले सञ्चालन नहुँदा मुलुकलाई आर्थिकरूपमा अप्ठ्यारो परेको तथा निर्यात ठप्प प्रायः हुँदा जटिलता थपिएकाले समस्याको शीघ्र निकासका निम्ति सरकारले बेइजिङसँग बारम्बार अनुरोध गरेको हो ।
चीनका विदेशमन्त्री वाङ यीसँगको टेलिफोन वार्ता तथा अन्य चिनियाँ अधिकारी र नेपालका लागि चिनियाँ राजदूतलाई आफूले व्यापारिक नाकाको प्रभावकारी सञ्चालनका निम्ति अनुरोध गरेको परराष्ट्रमन्त्री डा नारायण खड्काले बताएका छन् ।
छ महिनाअघि परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्नुभएका मन्त्री खड्काले यो अवधिमा आफूले गरेका कामबारे जानकारी दिन पहिलोपटक आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालको आग्रहलाई चीनले स्वीकार गरेर व्यापारिक नाकामा उत्पन्न समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।
कोभिड–१९ को महामारीका कारण चीनसँगका प्रमुख व्यापारिक नाकामा केही समस्या भएको र त्यसलाई समाधान गर्न चीनले सकारात्मक जवाफ दिएको बताउँदै उनले भने, “निर्वाधरुपमा आयात÷निर्यातको प्रक्रियागत तहमा सञ्चार र समन्वयका लागि दुई देशका स्थानीय अधिकारीबीच प्रत्यक्ष सम्पर्क स्थापना गरिएको छ ।”
गोर्खालगायत सीमा क्षेत्रमा खाद्यान्न आपूर्तिमा सहयोग गर्न तथा नेपाली विद्यार्थीलाई पुनः चीन फर्कने वातावरण बनाउन पनि आफूले सबै उच्चस्तरीय भेटवार्तामा चिनियाँ पक्षलाई अनुरोध गरेको मन्त्री खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : भारतले पाकिस्तानबाट हुने आयातमा पूर्ण प्रतिबन्ध लगायो
-
‘कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा ऐनको मुख्य उद्देश्य नै निष्प्रभावी हुने डर छ’
-
‘राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छ’
-
‘कानुनी शासनको पालना हुन नसके कुनै पनि व्यवस्था लामो समय अघि बढ्न सक्दैन’
-
कोहलपुरमा भूमिहीन दलितलाई जग्गाधनी प्रमाणपत्र वितरण
-
दोलखाको भीमेश्वर नगरपालिकामा ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव’ सुरु (तस्बिरहरु)