मलेसियामा दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला
मङ्गलबार, २४ फागुन २०७८, १९ : ५३

मलेसियामा झण्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।
कोरोनाभाइरसको महामारीका कारण मलेसियाले दुई बर्ष अगाडि अर्थात् सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाएको थियो । कोरोनाभाइरसको महामारी कम भएको र प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले विदेशी पर्यटकलाई पनि स्वदेश प्रवेशमा खुल्ला गर्न लागिएको हो ।
विश्वका अरु धेरै देशमा पनि महामारी कम भएको र ती देशहरुले समेत विदेशी पर्यटकलाई खुल्ला गरेकाले प्रतिवन्ध लगाइरहनु आवश्यक नरहेको अधिकारीले निश्कर्ष निकालेका हुन् । दक्षिण एसियाली मुलुक मलेसियामा पर्यटकहरुको ठूलो भीड लाग्ने गर्दछ भने पर्यटन व्यवसायबाट ठूलो आम्दानी हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन