मलेसियामा दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला
मङ्गलबार, २४ फागुन २०७८, १९ : ५३
मलेसियामा झण्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।
कोरोनाभाइरसको महामारीका कारण मलेसियाले दुई बर्ष अगाडि अर्थात् सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाएको थियो । कोरोनाभाइरसको महामारी कम भएको र प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले विदेशी पर्यटकलाई पनि स्वदेश प्रवेशमा खुल्ला गर्न लागिएको हो ।
विश्वका अरु धेरै देशमा पनि महामारी कम भएको र ती देशहरुले समेत विदेशी पर्यटकलाई खुल्ला गरेकाले प्रतिवन्ध लगाइरहनु आवश्यक नरहेको अधिकारीले निश्कर्ष निकालेका हुन् । दक्षिण एसियाली मुलुक मलेसियामा पर्यटकहरुको ठूलो भीड लाग्ने गर्दछ भने पर्यटन व्यवसायबाट ठूलो आम्दानी हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण