बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नहरमा दुई जना मृत भेटिए, एक जनाको पहिचान खुलेन

बुधबार, २५ फागुन २०७८, ०६ : ५१
बुधबार, २५ फागुन २०७८

सोमबार  पश्चिम नवलपरासीको गण्डक नहरमा मृत भेटिएका दुई  जना मध्ये एक  जनाको पहिचान खुलेको छ ।  मिति जिल्लाको नवलपरासी प्रतापपुर गाउँपालिका – ७ सुर्यपुरास्थित नेपाल गण्डक प्राधिकरण जल विद्युत केन्द्र पावर हाउस नजिकै गण्डक नहरमा मृत भेटिएका दुई जनामध्ये एक जना भारतीय नागरिक भएको खुलेको हो ।  

उनी भारतको  महारागंज  सिम्देउरहवा  बस्ने बर्ष ४४ को कम्लेश गौड रहेको नवलपपरासी पश्चिमका प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । उनका  आफन्तको सहयोगमा उनको पहिचान खुलेको शाहीले बताएका छन् ।  अर्का मृतक अन्दाजी ३० बर्षीय युवकको अझै पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप