अब हलिउडमा पनि आलिया, गेलको अपोजिट भूमिकामा फिल्म खेल्ने
अभिनेत्री आलिया भट्ट बलिउडका उत्कृष्ट अभिनेत्रीमध्येमा पर्छिन् । हाल प्रदर्शनरत फिल्म ‘गंगुबाई काठियावाडी’बाट प्रशंसा पाइरहेकी यी अभिनेत्री चाँडै नै अन्तर्राष्ट्रियस्तरमा अर्थात् हलिउडमा पाइला चाल्ने तयारी गरिरहेकी छन् ।
चारवटा ‘फिल्म फेयर अवार्ड’ जितिसकेकी आलिया नेटफ्लिक्सको ‘हार्ट अफ स्टोन’मा ‘वण्डर वुमन’ अभिनेत्री गेल गेडोटको अपोजिटमा देखिँदैछिन् ।
जोया अख्तरले निर्देशन गरेको सन् २०१९ को फिल्म ‘गली ब्वाय’ उक्त वर्षको ‘बर्लिन फिल्म फेस्टिभल’मा प्रिमियर भएको थियो र एक अन्तर्राष्ट्रिय हिट बनेको थियो । यो फिल्म सन् २०२० को ‘अस्कर अवार्ड’मा ‘सर्वश्रेष्ठ विदेशी भाषा फिल्म’का रुपमा भारतको आधिकारिक सहभागिता जनाएका थियो ।
आलियाको अन्तर्राष्ट्रिय अपील (इन्स्टाग्राममा ६० मिलियनभन्दा धेरै फलोअर्ससहित) लाई स्वीकार गर्दै ‘अस्कर’ आयोजक द एकाडेमीले उनलाई सन् २०२० को क्लासमा सहभागिता जनाउन सहमति दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण