मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई सास्ती
पश्चिम बागलुङका नागरिकलाई सहजताका लागि बुर्तिबाङमा स्थापना गरिएको मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवा ग्राहीले सास्ती भोग्नुपरेको छ । अहिले कार्यालय एक सुब्बाको भरमा चलेको छ । बुधबार मात्रै एक जना सुब्बा थपिनुभएको छ । कार्यालय प्रमुख दिलबहादुर केसी यही फागुन ३ गते जिल्ला कारागार बागलुङमा सरुवा भएपछि झन कर्मचारी अभावमा काम गर्न निकै समस्या भएको हो । तेह« कर्मचारको दरबन्दी रहेको यस कार्यालयमा अहिले दुई सुब्बा, तीन कार्यालय सहयोगी र दुई कम्युटर अपरेटरका भरमा कार्यालय सञ्चालन गर्नुपरेको नायब सुब्बा कासीराम खड्काले बताए ।
उनले अहिले एक नायब सुब्बा आएपछि केही सहज भएको बताए । उनले केही समय आफू एक्लै काम गर्दा प्रभावकारी सेवा प्रदान गर्न समस्या भएको बताए । हाल कार्यरत दुई कम्प्युटर अपरेटर कराका हुन् । स्थायी कर्मचारी भने छैनन् । तीन कार्यालय सहयोगीमध्ये एक मात्रै स्थायी हुन् । कार्यालयमा एक अधिकृत, तीन खरिदार, तीन नासु र एक लेखा अधिकृतको पद खाली रहेको उनको भनाइ छ ।
मालपोत कार्यालयमा दैनिक २०÷२५ जनासम्म सेवाग्राही आउने गर्छन् । गाउँगाउँबाट आएका नागरिक समयमा काम नसकिएर तीन चार दिनसम्म बजारमा बस्नुपर्ने बाध्यता रहेको खड्काले बताए । उनले कर्मचारी नहुँदा यो अवस्था सिर्जना भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण