ताप्लेजुङ सदरमुकाममा आगलागी
शुक्रबार, २७ फागुन २०७८, ०९ : ११
ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ । स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् ।
आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ । थप विवरण आउन बाँकी छ । प्रायः वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण