कर्णाली प्रदेशका सांसद विष्टले छाडे माओवादी केन्द्र
नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेशसभाका सांसद ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिष्टले माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले आफूले पार्टी परित्याग गरेको बताए ।
उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताए । उनले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडी अनेक खालका चलखेल गरेको आरोप लगाए ।
कर्णाली प्रदेशमा पार्टीले आसेपासे तथा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेको भन्दै उनले प्रदेश सभामा बस्न उचित नलागेको बताए । माओवादीले पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्ने गरको उनले आरोप लगाए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
-
राप्रपाको आन्तरिक विवाद : कुटपिट प्रकरणमा ६ महिला कार्यकर्तालाई जरिवाना र उपचार खर्च भराउने फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण