महिनावारी अनियमित हुनु यस्तो रोगको संकेत
महिनावारी सामान्य प्राकृतिक जैविक प्रक्रिया हो । सामान्यतयाः किशोरीहरुमा १२ वर्ष पुगेपछि रजस्वला हुने गर्छ । भने, ४५ देखि ५५ वर्षमा मेनोपोज सुरु हुन्छ । महिनावारी रोकिन्छ । महिनावारी सुरु हुने र समाप्त हुने समय फरक–फरक हुन्छ । सामान्यतयाः महिनावारी चक्र २ देखि ८ दिनसम्म चल्न सक्छ । तर, सामान्यतयाः महिलाहरुमा ४ दिनसम्म रहन्छ । महिनावारीको समयमा महिलाहरुमा हर्मोन र शारीरिक रुपमा परिवर्तन आउँछ । तर, महिनावारीमा समयमा देखिने परिवर्तनहरुलाई भने ध्यान दिनुपर्छ । जसलाई नजरअन्दाज गर्न हुँदैन । हालै गरिएको एक अनुसन्धानका अनुसार महिनावारी अनियमित हुनु कलेजोसँग जोडिने समस्या हुन सक्ने पत्ता लागेको छ ।
अनियमित महिनावारीले कलेजोसँग सम्बन्धित रोगको जोखिम बढाउँछ । युएस अफिस अन विमेन हेल्थका अनुसार यदि महिनावारी २४ देखि ३८ दिनमा हुन्छ । त्यसलाई पनि नियमित नै मानिन्छ ।
४० वर्षभन्दा कम उमेरका ७२ हजार ९२ जना महिलाहरुमाथि गरिएको अध्ययनका अनुसार जुन महिलाहरुमा लामो र अनियमित महिनावारीको समस्या देखिएको थियो । भने, २६ देखि ३० दिनसम्म चल्ने महिनावारी चक्र हुनेहरुलाई भने नन–अल्कोहलिक फ्याटी लिभर डिसिज हुने सम्भावना हुन्छ ।
अक्सफोर्ड विश्वविद्यालयका डाइटिशियन तथा डाइटिशियन र ओभिटिटी रिसर्चर डा. दिमित्रियोस क्याटोकिडिसले सेक्स हर्मोन एस्ट्राजोन र टेस्टोस्टेरोनका असामान्य स्तर नन–अल्कोहोलिक फ्याटी लिभर रोगको जोखिम बढाउन सकिन्छ । डा. क्याटोकिडिसले फ्याटी लिभरसँग जोडिएको बिरामी रोक्नका लागि अनियमित र असामान्य रुपमा लामो पीडियड साइकिल चलाउने महिलाका लागि कुनै सटिक उपाय छैन । तर, जीवनशैलीमा परिवर्तन गर्दा सम्बन्धित बिरामीको खतरा कम गर्नका लागि तौल कम गर्ने, अत्यधिक मद्यपान नगर्ने र धुम्रपान पनि नगर्ने गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण