राजा हुँदा नेपालबाट पिठो चाइना पठाइन्थ्यो, अहिले अर्बौंका खाद्यवस्तु ल्याइन्छ : कुन्ती शाही
राप्रपाकी महामन्त्री कुन्ती शाहीले राजाका पालामा नेपालबाट पिठो चाइना (विदेश) पठाइने गरेको बताएकी छन् । तर अहिले खर्बौंको कपडाहरू बाहिरबाट ल्याउनुपरेको भन्दै आक्रोश व्यक्त गरिन् । शनिबार वीरेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भनिन्,‘हिजो राजाहरूले बनाइरहेका उद्योगधन्दाहरूमा नेपालीले श्रम गरेर नेपालको स्वाधीन अर्थतन्त्र निर्माण गर्ने क्रममा यो देशबाट पिठो चाइना पठाइन्थ्यो । तर आज यो देशमा अर्बौंको खाने वस्तुहरु ल्याइन्छ । खर्बौंको कपडाहरू भित्र्याइन्छ । तपाइँले खोजेको स्वाधिनता अर्थतन्त्र कहाँ गयो ? ’
साथै उनले अहिलेका नेताहरुलाई चुनौती दिँदै २०,३० हजार तपाईँहरुका झोले कार्यकर्ताहरूको जीवनशैलीलाई नव सामन्ती, नव राजा बनाएर जनतालाई भ्रष्ट्राचारी नेपाली बनाइरहेको आरोप लगाइन् । जनतालाई गरिब, दरिद्र नेपाली बनाइएको छ,’उनले भनिन्,‘राजाका पालामा हाम्रा उत्पादन बेच्ने देश आज अमेरिकाको पैसा आएन भने हामी गरिब हुन्छौं भन्ने थालेको छ। अब हामी त्यसको विरुद्धमा हामी लागौं ।’
महामन्त्री शाहीले सञ्चारकर्मीहरूलाई पनि अहिलेको राज्यसत्ताले गरेको भ्रष्टाचारका विरुद्धमा लाग्न आग्रह गरिन् । आज विश्वले खान नपाउने देशका नेपालीहरु भन्ने पहिचान बनाउन थालेको भन्दै राप्रपाले एक पटक जनताको साथ खोजेको औंल्याइन् ।
‘हामीलाई एक भोट दिनुस् अहिलेका नेताहरुले स्वीस बैंकमा राखेको पैसा मात्र होइन राज्य स्रोतबाट लुटेको पैसालाई जनताको पक्षमा लगानी गर्नतर्फ केन्द्रीत गर्ने वातावरण बनाउँछौं,’ शाहीले भनिन,‘एक भोट दिनुहोस् हामीले एक पटक तपाइँको साथ मागेका छौं।’
साथै उनले कर्णालीलाई स्वाभिमानी कर्णालीवासी भन्दै कर्णालीलाई गरिब प्रदेशको रुपमा चिनाउने नेताहरुका विरुद्धमा एकजुट हुन पनि कर्णालीवासीलाई आह्वान गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
-
राप्रपाको आन्तरिक विवाद : कुटपिट प्रकरणमा ६ महिला कार्यकर्तालाई जरिवाना र उपचार खर्च भराउने फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण