मुख्यमन्त्री पाण्डेले भने– जनताका लागि गरेको खर्च फजुल हुँदैन
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले जनताका लागि गरेको खर्च फजुल नहुने बताएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा एमालेले उठाएका मागहरुको विषयमा जवाफ दिँदै उनले भने, ‘मन्त्रालय विभाजन गरेर गल्ती गरेको ठहरिए सजाय भोगौँला तर काम गर्ने प्रयास त गर्नु पर्यो नि । गल्ति भए महशुस पनि गर्न जानेका छौं । सरकारले फजुल खर्च ग¥यो भन्ने हल्ला छ । सरकार खर्च गर्न बनेको हो । जनताको पक्षमा काम गर्न गरेको खर्च पनि फजुल हुन्छ कहीँ ? जनतालाई सेवा दिने काममा सरकारले खर्च गरेको हो दुरुपयोग गरेको होइन ।’
उनले विगतका संरचनामा नै बस्नु पर्ने बाध्यताका कारण एउटै भवनमा मन्त्रालयहरू एकै ठाउँमा राख्नुपरेको बताए । उनले यसअघिका सरकारले ४ वर्षसम्म नेतृत्व गर्दा एउटा पनि भवन संरचना नै नबनाइदिँदा मन्त्रालयहरू एकै ठाउँमा राख्नु परेको उनको भनाइ छ ।
अव्यवस्थित रुपमा वितरण भएको बहुबर्षे योजनाहरुको नियमनको लागि सरकारले कार्यविधि तयार पारेर त्यसै अनुसार कार्यान्वयनमा जाने नीति लिएकाले यसबाट १३ वटै जिल्लामा योजनाहरु छनौट तथा कार्यान्वयनमा सहज हुने उनले बताए ।
औद्योगिक क्षेत्रको उचित व्यवस्थापन र संरक्षणका लागि उद्योग मन्त्रालयले काम गरेको उनले बताए । उनले बालाजु औद्योगिक क्षेत्रमा सरकारी जमिन नीजि क्षेत्रले कब्जा गरेको अवस्था रहेकाले त्यसको संरक्षण र विकासमा काम गर्ने उद्देश्यले प्रदेश सरकार मतहत ल्याउने पहल गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण