हराएका २१ सवारी साधन सम्बन्धित धनीलाई बुझाइयो
महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा हराएका २१ वटा सवारी साधनहरु सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखाले सोमबार १६ मोटरसाइकल र ५ स्कुटर सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीका अनुसार एक महिनामा खोज तथा अनुसन्धानका क्रममा बरामद भएका २१ मोटरसाइकल फेला पारेको हो । ‘सवारीसाधनमा डिस्क लक, ह्विल लक, सेक्युरिटी साइरन प्रयोग गर्नुपर्छ’ जोशीले भने ‘प्रविधि जडान गरेको छ भने चोरलाई चोरी गर्न समय लाग्छ र पक्राउ पर्ने सम्भावना बढी हुने हुँदा यस्ता मोटरसाइकल र स्कुटर उनीहरुले चाडैं चोरी हाल्न सक्दैनन् ।’
ट्राफिक प्रहरीका अनुसार सवारी चालकको लापरबाही, सवारीमा लकको व्यवस्था नगर्नु, सुनसान एरियामा पार्किङ गर्नु, सवारीसाधनको डिस्क तथा ह्विल लक नगर्नु, सिसिटिभी क्यामेरा नहुनेलगायतका कारण मोटरसाईकल चोरी बढेको हो ।
महाशाखाका अनुसार दुई महिनामा ८८ मोटरसाईकल फेला पारी सम्बन्धित व्यक्तिलाई जिम्मा लगाई सकेको छ भने २५६ वटा मोटरसाईकल हराएको निवेदन परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार आठ विश्वकप खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण