सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सरसँग डराउनु पर्दैन : अभिनेत्री मनिषा

सोमबार, ३० फागुन २०७८, १८ : ४४
सोमबार, ३० फागुन २०७८

अभिनेत्री मनिषा कोइरालाले क्यान्सर लाग्दैमा डराइहाल्नु नपर्ने बताएकी छन् । सोमबार गायिका तथा लेखीका स्मिता घिमिरेको ‘हराएको मुस्कान’ सार्वजनिक कार्यक्रममा सो धारणा राखेकी हुन् ।

‘जव मलाई क्यान्सर भयो त्यतिबेला लागेको थियो सायद म बाँच्दिन होला’ मनिषाले भनिन् ‘१० बर्ष भयो मलाई क्यान्सर निको भएको ।’ मेडिकल साइन्सरले क्यान्सरको उपचार सम्भव भएको बताउदै उनले क्यान्सर पछिल्लो समय डरलाग्दो रोग नभएको चर्चा गरिन् ।

स्व. तारानाथ शर्मा, विष्णु प्रभात, दीपक जंगम, कमल कोइराला, नवराज सुवेदी, कुन्ती मोक्तान, बलराम अर्याल, मनिषा कोइराला, उन्नति बोहोरा शिला, रमना श्रेष्ठ, बेन्जु सरोज श्रेष्ठ, डा.प्रकाश सायमी, डा. सुदीप श्रेष्ठ लगायतलाई सम्मान समेत गरिएको कार्यक्रममा घिमिरेको स्वर रहेको एक नयाँ गीतको भिडियो समेत प्रदर्शन गरिएको थियो । लेखीका घिमिरे पनि क्यान्सरबाट पिडित ब्यक्ति हुन् ।

उनले आफ्नो आमाको नाममा ट्रस्ट खोलेर पिडित हरुको उपचार गराई रहेकी छन् । हराएको मुस्कान’ स्मिताको पहिलो उपन्यास हो । गीत भने उनी गाउँदै आइरहेकी छन् । कार्यक्रममा प्राज्ञ विष्णु प्रभातले पुस्तकको समिक्षा गरेका थिए । राजाराम फुयाँलले सम्पादन गरेको पुस्तकमा उपन्यासमा लेखीका आफै स्वयम् म पात्र भएर प्रस्तुत भएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप