‘राजनीतिलाई पाठ्यक्रममै समावेश गर्नुपर्छ’
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशको इतिहास, भूगोल र देशको राजनीतिक विषय वस्तुलाई पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएका छन् ।
भक्तपुर नगरपालिकाले आज भक्तपुरमा आयोजना गरेको स्थानीय पाठ्यक्रम निर्माण समितिका पदाधिकारीलाई पुरस्कार प्रदान गर्ने कार्यक्रममा उनले विश्वको इतिहास र भूगोलको विषयमा विद्यार्थीलाई राम्रोसँग अध्यापन गराउनुपर्नेमा जोड दिए । विद्यार्थीलाई विद्यालयस्तरदेखि शिक्षित बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले शिक्षकले समाजमा आमूल परिवर्तनको निम्ति योगदान पु¥याउनुपर्ने बताए। शिक्षकले भाषागत शुद्धाशुद्धि र नेपाली भाषामा विशेष दख्खल राख्नुपर्ने औँल्याउँदै उनले सत्तामा बसेका दलका नेताहरूमा दूरदर्शी सोच नराख्दा समस्या आएको बताए ।
अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाबाट गठित स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका पदाधिकारी योगेन्द्रमान बिजुक्छेँ, सिद्धिरत्न शाक्य, उद्धव सुजखू, रोशनराज तुईतुई र राजेन्द्रप्रसाद श्रेष्ठलाई प्रोत्साहन स्वरुप नगद ५० हजार प्रदान गरे ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी ९२ वटा विद्यालयमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गर्दै ख्वपको पहिचान भाग १ र भाग २ प्रकाशनमा ल्याएको बताए । सस्तो र गुणस्तरीय शिक्षा अहिले भक्तपुरको विशेषता बनेको छ भन्दै उनले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम बनाई लागू गर्ने भक्तपुर नै पहिलो नगरपालिका भएको बताए । नगरपालिका उपप्रमुख रजनी जोशी, स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँ, सदस्य सिद्धिरत्न शाक्यलगायतले समाजको आवश्यकता र रुचिअनुसार पाठ्यक्रम परिमार्जन गर्दै लानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण