एमाले जिल्ला अधिवेशन : मतदाताभन्दा मत बढी भेटिएको दैलेखमा आज पुनः मतदान
नेकपा एमाले दैलेख जिल्ला अन्तर्गत बुधबार पुनः अधिवेशन सुरु भएको छ । गत पुसमा भएको अधिवेशन अन्तर्गत निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।
एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले बिहान आठ बजेदेखि मतदान सुरु भएको रातोपाटीलाई जानकारी दिए । नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली हिजो नै सार्वजनिक भइसकेको थियो । ‘सहमतिको आधारमा नेतृत्व टुङ्ग्याउने प्रयास भए पनि हुन सकेन,’ अध्यक्ष शाहले भने,‘ अब निर्वाचनमै जाने कुरा भयो । मतदान मार्फत नै नेतृत्वको टुङ्गो लगाइने भएको छ।’
अधिकांश स्थानीय तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत समेत भइसकेका छन् । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता)सङ्ख्या ७२१ रहेको छ । अघिल्लो पटक मतदान गर्दा भने ७ सय १७ मत खसेको थियो । तर मतपेटिका खोलेर गन्दा ७४८ मत भेटियो । त्यसपछि मतगणना नै रद्द गरिएको थियो ।
एमाले दैलेखको अध्यक्षका लागि क्षेत्र नं.–२ बाट सूर्यबहादुर शाही छन् भने क्षेत्र नं.–१ बाट निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा रहेका छन्।
यी हुन् उम्मेदवारहरू :






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई हप्ताभित्र इरानमाथि पूर्ण विजयको घोषणा हुने ट्रम्पको दाबी
-
‘मिस्टर एण्ड मिस लिटिल कोशी’का लागि ५८ बालबालिका छनोट
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण