शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुस–युक्रेन युद्ध : प्रत्येक मिनेटमा ५५ बालबालिका शरणार्थी बन्न बाध्य

बुधबार, ०२ चैत २०७८, ११ : ३७
बुधबार, ०२ चैत २०७८

युक्रेनमा रुसी हमलापछि युरोपमा शरणार्थी हुनेहरुको संख्या बढिरहेको  छ । यसको असर युक्रेनी बालबालिकाहरूमा समेत परेको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार युक्रेनमा लडाइको सुरुवातदेखि हालसम्म ३० लाख मानिस पलायन भइसकेका छन् । यसमा आधा संख्या बच्चाहरुको रहेको छ । लडाइ सुरु भएपछि प्रत्येक मिनेटमा ५५ बालबालिका शरणार्थी बन्न बाध्य भएका छन् । अर्थात प्रत्येक सेकेन्डमा एक बच्चा शरणार्थी बनिरहेको युनिसेफको भनाई  छ ।

कयौं बच्चाहरु आमा र भाइ–बहिनीका साथ कठिन यात्रा गर्न बाध्य भएको समेत बताइएको छ । बालबालिका लिएर देशबाट बाहिरिँदा उनीहरुका अभिभावकहरूमा समेत तनाव हुने गरेको छ । बालबालिकाहरूलाई उनीहरुले बिदामा गइरहेको भनेर सम्झाइरहेका दृश्यहरु समेत देखिन्छन् ।  

रुसी हमलापछि युक्रेनका ४.४ करोड नागरिकमध्ये करिब ३० लाखले देश छोडेका छन् । ९ वर्षकी भेरोनिका लोतोवा युक्रेनको डानबास क्षेत्रबाट बाहिर निक्लेर छिमेकी देश पोल्याण्ड पुगिन् । उनले आफ्नो साथमा खेलौना (भालु) लिएर आएकी छन् । भोरोनिका आफ्नो हजुरबा र हजुरआमाको साथमा एक टिभी शो हेर्छिन्, जसमा भालुको चरित्रको नाम भोलोडा हो । तर उनका हजुरबा र हजुर आमाले भने युक्रेन छोडेका छैनन् ।

उनको परिवारले युद्ध सुरु हुनुभन्दा पहिले नै हजुर बा र हजुर आमालाई बाहिर निकाल्ने कोशिश गरेको थियो । तर उनीहरुले देश छोड्ने फैसला गरेनन् । भेरोनिकाको आमालाई उनको हजुरबा र हजुर आमा तथा भेरोनिकाका पिता बम हमलामा बच्न सक्दैनन् भन्ने चिन्ता लागेको छ ।

उता, अर्की बालिका डायनालाई आफ्नो जन्मदिनको रात शरणार्थी घरमा बिताउनुपरेको थियो । सुमी शहरमा बस्ने डायना उक्त दिन ७ वर्षको भएकी थिइन् । जुन दिन रुसी सैनिकले उनको शहर सुमीमा गोलाबारी सुरु गरे । त्यस दिन उनको जन्मदिन थियो ।

त्यसबेला डायनाले शरणार्थी शिविरमा रात बिताउन बाध्य भइन् ।  केही दिनपछि उनी आफ्नी आमा र ११ वर्षकी बहिनीका साथ पश्चिमी युक्रेनका लागि रेलमा सवार भइन् । उनका पिता रुसी हमलामा घाइते भएका छन् । त्यसैले उनका पिता सँगै आउन सकेनन् । घाइते श्रीमानलाई छाडेर साना छोरीहरुलाई लिएर हिँड्नुपर्दा उनकी आमाका आँखा आँसु टिल्पिलाएको प्रस्टै देखिन्थ्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप