रसुवा भन्सारमा फागुन महिनामा ६३.६१ प्रतिशत राजस्व संकलन
बुधबार, ०२ चैत २०७८, १९ : १३
रसुवा भन्सार कार्यालय टिमुरेले फागुन महिनामा लक्ष्यको ६३ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को फागुन महिनामा राखेको लक्ष्यको ६३ दशमलव ६१ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।
रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार फागुन महिनामा कार्यालयले ५७ करोड ७१ लाख १५ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, कार्यालयले ३६ करोड ७० लाख ९८ हजार मात्रै राजस्व संकलन गर्यो । जुन लक्ष्यको तुलनामा २१ करोड १७ हजार कम संकलन भएको हो ।
रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण