नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी

नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी भएका छन् । सातौं जिल्ला अधिवेशनबाट बुधबार शर्मा अध्यक्षमा पुनः विजयी भएका हुन्। सर्वसम्मत रुपमा नेतृत्व छनोट गर्न नसकेपछि निर्वाचनबाट नै नेतृत्व चुनिएको हो । शर्मा यसअघि पनि दैलेखको अध्यक्षमै थिए ।
बुधबार भएको निर्वाचनमा उनले ४१४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी सुर्यबहादुर शाहीले २६३ मत प्राप्त गरे । ७२१ जम्मा मताधिकार रहेको दैलेखमा ६८४ खसेको थियो।
उपाध्यक्षमा प्रेमबहादुर बुढाले ४५१ मत ल्याएका विजयी भएका छन् । उनका प्रत्यासी टोपबहादुर विसीले १९६ मत प्राप्त गर्दै पराजित भएका छन् । यस्तै सचिवमा तिलक रिजाल (३६५) उपसचिवमा कलावती न्यौपाने (२६४0 र गंगाराम दाहाल (२११) निर्वाचित भएका छन्।
बुधबार बिहान आठ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजे सकिएको थियो भने चार बजेदेखि मतगणना सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणले विद्युत नियमन आयोगलाई बुझाएन सेवाशुल्क बापतको ९० करोड ९८ लाख
-
इमरान खानले भने– पाकिस्तान पनि मेरो हो र सेना पनि
-
इजरायलसँगको सम्बन्धबारे ट्रम्पले सिरियालाई गरे यस्तो अपील
-
इरानसँग सम्झौता गर्न चाहन्छु : डोनाल्ड ट्रम्प
-
‘ओलम्पिकमा नेपाल’ को विमोचन
-
सरकारी निकायबाट ४ खर्ब ३५ अर्ब राजस्व तथा भाखा नाघेको ऋणको साँवा व्याज असुल गर्न बाँकी