नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी
नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी भएका छन् । सातौं जिल्ला अधिवेशनबाट बुधबार शर्मा अध्यक्षमा पुनः विजयी भएका हुन्। सर्वसम्मत रुपमा नेतृत्व छनोट गर्न नसकेपछि निर्वाचनबाट नै नेतृत्व चुनिएको हो । शर्मा यसअघि पनि दैलेखको अध्यक्षमै थिए ।
बुधबार भएको निर्वाचनमा उनले ४१४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी सुर्यबहादुर शाहीले २६३ मत प्राप्त गरे । ७२१ जम्मा मताधिकार रहेको दैलेखमा ६८४ खसेको थियो।
उपाध्यक्षमा प्रेमबहादुर बुढाले ४५१ मत ल्याएका विजयी भएका छन् । उनका प्रत्यासी टोपबहादुर विसीले १९६ मत प्राप्त गर्दै पराजित भएका छन् । यस्तै सचिवमा तिलक रिजाल (३६५) उपसचिवमा कलावती न्यौपाने (२६४0 र गंगाराम दाहाल (२११) निर्वाचित भएका छन्।
बुधबार बिहान आठ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजे सकिएको थियो भने चार बजेदेखि मतगणना सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण