काठमाडौंको फोहोर: उठाउने र रोकिने छैन ठेगान
सरकारले स्थानीयसँगको सहमति कार्यान्वयन नगर्दा काठमाडौंमा हप्तौंसम्म फोहोर उठ्न सकेको छैन । स्थानीयले सरकारले सडक बाटो निर्माण नगरेको भन्दै पटकपटक फोहोरका गाडी रोक्दै आएका छन् । यसअघि फागुन लागेसँगै स्थानीयले बाटो अवरोध गरेर फोहोर बोकेका गाडी रोकपछि दुई साता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको थिएन ।
पासाङ ल्हामु राजमार्गमा पर्ने तिनपिप्लेका स्थानीयले सडक पिच गर्नुपर्ने माग राखेकोमा तत्काल निर्माणको काम सुरु भएपछि फोहोरका गाडी आवतजावत गर्न पाएका थिए । पुनः सोही राजमार्गको अर्को खण्डमा सिसडोलकै विषयलाई लिएर अवरोध भएपछि फेरि काठमाडौंको फोहोर उठ्न सकेको छैन ।
काठमाडौं महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले सोमबार सहमति जुटेपछि काठमाडौंको फोहोर उठ्न सुरु भएको जनाएका छन् । ‘तिनपिप्लेका स्थानीयले संघीय सरकारले ठेक्का दिएको सडक पिच नभएको भन्दै १२ दिन सडक अवरुद्ध गरेसँगै सडक पिचको काम सुरु भएपछि फोहोर उठ्न सुरु भएको थियो, फेरि अर्को ठाउँमा अवरोध सिर्जना भएको हो, त्यसमा पनि सहमति भएर फोहोर उठ्न सुरु भएको छ,’ उनले भने । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
-
यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको फैसला (पूर्णपाठ)
-
शरणार्थी प्रकरणः प्राविधिक सई लक्ष्मी महर्जनलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण