अक्षय कुमारले दर्शकलाई भने-फिल्म हेर्नुस्, निराश बनाउँदैन
बलिउड अभिनेता अक्षय कुमारले नेपाली दर्शकका लागि आफ्नो आउन लागेको फिल्मले भरपूर मनोरञ्जन दिने सन्देश पठाएका छन् । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ’बच्चन पाण्डे’ ले भरपूर मनोरञ्जन प्रदान गर्ने उनले सन्देशमा बताएका छन् ।
’नमस्ते नेपाल, मेरो फिल्म बच्चन पाण्डे यहीँ १८ मार्चमा नेपालका हुलहरूमा लाग्दैछ । म यो फिल्मलाई तपाइँ आफू आफ्ना साथी तथा परिवारहरूसँग हेर्न आग्रह गर्दछु । यो फिल्म राम्रो बनेको छ भने पूर्णरुपमा कमर्सियल छ । मलाई विश्वास छ । यसले तपाईलाई भरपूर मनोरञ्जन दिनेछ’ अक्षयले भिडियोमा भनेका छन् ।
अभिनेता अक्षय टाइटल रोलमा रहेको फिल्म ‘बच्चन पाण्डे’ मा देखिएको उनको लुक्सलाई फिल्मप्रेमीले तारिफ गरेका छन् । एक्सन र कमेडी मिक्स फिल्ममा अक्षयसँगै अरशद वारसी , कृति सेनन, ज्याक्लिन फर्नान्डिज , पंकज त्रिपाठी लगायतको अभिनय रहेको छ । फरहाद साम्जीको निर्देशनमा बनेको यस फिल्मलाई नाडियाडवाला ग्रान्डसन इन्टरटेन्मेन्ट प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो ।
नेपाली फिल्म ‘पासवर्ड’ निर्माण गरेको कम्पनी ए.वि इन्टरनेशनल प्रा.लि.ले नेपाली र हिन्दी फिल्म वितरणमा समेत सक्रियता बढाएको छ । केही समय अगाडि हिन्दी फिल्म ’मरजावा’ वितरण गर्दै हिन्दी फिल्म वितरणमा पाइला टेकेको ए.वी इन्टरनेशनल आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ’बच्चन पाण्डे’ नेपाल रिलिज गर्दै छ ।
‘नेपाली फिल्मसँग जोडिएर अगाडि बढ्ने क्रममा ए.वी इन्टरनेशनलले अब फिल्म वितरण पनि गर्ने भएको छ,’ ए.वी इन्टरनेशनलले जनाएको छ । यसै कम्पनीले निर्माण गरेको दोस्रो फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । सुदर्शन थापा निर्देशित फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा र सोनम तोप्देनको प्रमुख भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण