आइजिपीबाटै तोडियो चेन अफ कमान्ड
शुक्रबार, ०४ चैत २०७८, ०६ : ३०
प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए। गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९औं महासभामा सहभागी हुन जाँदा थापाले एआइजी निरजबहादुर शाहीलाई कार्यवाहक आइजिपीको जिम्मेवारी दिएका थिए।
एआइजीमा शाहीभन्दा हरिबहादुर पाल वरिष्ठ थिए। त्यसअघि थापाले एआइजी प्रद्युम्न कार्कीलाई कार्यवाहक आइजिपी दिँदा पाल बिदामा बसेका थिए। प्रहरी संगठनमा 'चेन अफ कमान्ड' भंग हुने काम गर्नु आइजिपी थापाको कमजोरी हो।
सुरक्षा निकायसम्बद्ध संगठनमा प्रमुखले वरीयतालाई उपहास गर्नुलाई संवेदनशील मानिन्छ। यस्तो व्यवहार हुँदा तल्लो तहसम्मकै अधिकृत र जवानमा निराशा जन्मिन्छ। यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
-
यस्तो छ बहुचर्चित नक्कली शरणार्थी प्रकरणको फैसला (पूर्णपाठ)
-
शरणार्थी प्रकरणः प्राविधिक सई लक्ष्मी महर्जनलाई सफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण