डलरको भाउ घट्यो, यस्तो छ अन्य मुलुकको विनिमय दर
अघिल्लो दिनको तुलनामा आज शुक्रबार डलरको भाउ केही घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१ रुपैयाँ ५८ पैसामा झरेको हो । अघिल्लो दिन अमेरिकी डलर एकको खरिद दर १२१ रुपैयाँ ७३ पैसा र बिक्री दर १२२ रुपैयाँ ३३ पैसा रहेको थियो ।
यस्तै आज यता युरोपियन युरो एकको खरिद दर १३३ रुपैयाँ ५१ पैसा र बिक्री दर १३४ रुपैयाँ १८ पैसा रहेको छ भने पाउन्ड स्टललिङ एकको खरिद दर १५९ रुपैयाँ ३१ पैसा र बिक्री दर १६० रुपैयाँ १० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६१ पैसा र बिक्री दर ८९ रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ४८ पैसा र बिक्री दर ९५ रुपैयाँ ९५ पैसा रहेको छ । जापानी यन आज १० बराबर नेपाली १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २६ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ०५ पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा रहेको छ ।
यता साउदी अरवियन रियाल आज एकको खरिद दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा र कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ११ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण