भेरी नदीमा बेपत्ता बालबालिकाको शव भेटियो
गत शनिबार नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिकाको शव भेटिएको छ । तीन जनामध्ये एक जनाको अस्ती बुधबार र दुईजनाको बिहीबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीकाअनुसार लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुल नजिकै बुधबार शव भेटिएको थियो।
यस्तै भेरीगंगा नगरपालिका–११ का १२ वर्षीय कृष्ण सिंजालीको बिहीबार दिउँसो दिउँसो १ बजे र सोही ठाउँकी १२ बर्षीय गंगा खड्काको बेलुकी पाँच बजेतिर शव भेटिएको हो। दुबै जनाको शव भेरीगंगा नगरपालिका–१३ स्थित भेरी नदी किनारमा भेटिएको हो । घर्तीले भने,‘ बिहीबार भेटिएको दुवै जना बालबालिकाको शव पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा राखिएको छ ।’ उनीहरु गत शनिबार बेलुकी पाँच बजेतिर भेरीगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा बेपत्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीविरुद्ध साउन १ गतेदेखि अनलाइनबाटै उजुरी दिन सकिने : मन्त्री रायमाझी
-
सेमिफाइनलमा बेलोन डी’ओर विजेताहरूः फेरि इतिहास रच्ने दाउमा
-
बागमती प्रदेश सरकारद्वारा समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
-
वर्तमान शासन संरचनामा असान्दर्भिक देखिएका कानुनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यक: अर्थमन्त्री
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा सांसदहरूको सुझाव : ‘अभौतिक’ हटाएर ‘अमूर्त’ वा ‘मौलिक’ राखौँ
-
बेवारिसे गाडी प्रकरणको निष्पक्ष छानबिन गर्न जनार्दन शर्माको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण