भ्रष्टाचारको आरोपमा ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार उनीहरुविरुद्ध सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा अनियमितता गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार गण्डकी यातायात व्यवस्था कार्यालयबाट २०७५ मंसिर, २०७६ कात्तिक र मंसिरमा संचालित लाइसेन्सको परीक्षामा उत्तिर्ण भएकालाई अनुत्तिर्ण र अनुत्तिर्ण भएकालाई उत्तिर्ण गरी अनियमितता गरेको पाइएको छ । आयोगले कार्यालयका तत्कालीन निमित्त प्रमुख गोकुल शर्मा पौडेल, हरिप्रसाद गौतमलगायत ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण