स्थानीय तह निर्वाचन कार्यक्रम सार्वजनिक, वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता
शुक्रबार, ०४ चैत २०७८, १६ : १३
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले शुक्रबार आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
जसअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । आयोगका अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ गने उम्मेदवारको नामामावली सार्वजनिक हुने तय गरिएको छ ।
उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते फिर्ता लिन सकिनेछ भने त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । १७ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
यस्तै वैशाख ३० गते बिहान ७ देखि साँझ ५ बजेसम्म चुनाव मतदान कार्यक्रम तय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण