पार्टीभित्र अन्याय भयो भन्दै राजीनामा दिएका विष्ट एमाले प्रवेश गर्दै
पार्टीभित्र अन्याय भएको भन्दै प्रदेश सभा सदस्य, पार्टी र प्रमुख सचेतकको जिम्मेवारीबाट राजीनामा दिएका ठम्मर विष्टले एमाले रोज्ने भएका छन् । आज बिहान ११ बजे वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको वृहत भेला कार्यक्रममा उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले सुर्खेतका एक नेताले रातोपाटीलाई जानकारी दिए । उनलाई नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ,’ ती नेताले भने ।
विष्टले फागुन २७ गते इमेलमार्फत प्रदेशसभा सचिवालयलाई राजीनामा पत्र पठाएका थिए । शुक्रबार कर्णाली प्रदेश सभाका सभामुख समक्ष प्रदेश सभा सदस्य छोडेको सनाखत गरेका बिष्ट त्यसको ठिक दुई दिन पछाडि नै एमाले प्रवेश गर्ने भएका हुन् ।
बिहीबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले बिष्टलाई राजीनामा फिर्ता लिन र पार्टी काममा फर्कन निर्देशन दिए पनि उनले उक्त निर्देशन दिएपनि उनी माओवादीमा एकवद्ध हुन चाहेनन् । आइतबार बिहान रातोपाटीसँग कुरा गर्दै विष्टले व्यङ्ग्यात्मक तरिकाले भने,‘ पार्टी प्रवेश होइन एकता गर्ने हो । सँधै प्रचण्डको अन्याय कति सहिरहने ।’
उनले आफूमात्र नभई सुर्खेत निर्वाचन क्षेत्र नं.–१ मा रहेका माओवादी नेता, कार्यकर्तालाई पनि एमालेमा प्रवेश गराउने संकेत गरे । यदि उनले त्यसको गरेको खण्डमा उक्त क्षेत्रमा कमजोर रहेको माओवादी अझ कमजोर बन्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण