शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी निर्वाचनमा गठबन्धनसँग तालमेल हुन्छ : प्रचण्ड

आइतबार, ०६ चैत २०७८, ०८ : ५५
आइतबार, ०६ चैत २०७८

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी निर्वाचनमा गठबन्धनसँग तालमेल हुने बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न पोखरा पुगेका प्रचण्डले गठबन्धन संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गरिएकाले देशको परिवर्तन गर्नका लागि पार्टीका मुल नेतृत्व र संस्थापन पक्षसँग आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको बताएका हुन् । 

प्रचण्डले विभिन्न पार्टीभित्र फरक–फरक विचारधाराका नेताहरु हुने भएकाले उनीहरुको अभिव्यक्ति फरक आए पनि मुल नेतृत्वहरुसँग निर्वाचनमा गठबन्धनलाई नै लिएर जाने निर्णय भएको जानकारी दिए । 
 
कार्यक्रममा बोल्दै प्रचण्डले एमसीसी गहन अध्ययन र छलफलपछि मात्रै पास गरिएको पनि बताए । उनले भने,‘एमसीसीको विषयमा गहन अध्ययन गर्नुपर्ने भएकाले झलनाथ खनालको नेतृत्वमा संसोधन गरेर अगाडि बढ्न सकिन्छ भन्ने छलफलपछि नै एमसीसी पारित भएको हो ।  

अन्तर्राष्ट्रिय कानुनका विज्ञहरुको सुझावपछि व्याख्यात्मक घोषणासहित पास गर्ने उपाय निकालेका हौँ । अमेरिकाले पनि सिद्धान्ततः स्वीकार गरेको छ । यदि अमेरिकाले अस्वीकार गर्यो भने हामीले हात उठाउँन सक्छौँ ।’

उनले आफ्नै पार्टीभित्र एमसीसीको विषयमा असन्तुष्ट नेताहरुसँग निर्वाचनपछि छलफल गर्ने पनि उल्लेख गरे । उनले भने,‘चुनावपछि पार्टीभित्र एमसीसीको कारण असन्तुष्ट नेताहरुसँग छलफल गर्नेछौँ । तर, अहिले देश निर्वाचनमा गइसकेकाले हामी फेरि एकजुट भएर निर्वाचनमा जुटिसकेका छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप