आगामी निर्वाचनमा गठबन्धनसँग तालमेल हुन्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी निर्वाचनमा गठबन्धनसँग तालमेल हुने बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न पोखरा पुगेका प्रचण्डले गठबन्धन संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गरिएकाले देशको परिवर्तन गर्नका लागि पार्टीका मुल नेतृत्व र संस्थापन पक्षसँग आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको बताएका हुन् ।
प्रचण्डले विभिन्न पार्टीभित्र फरक–फरक विचारधाराका नेताहरु हुने भएकाले उनीहरुको अभिव्यक्ति फरक आए पनि मुल नेतृत्वहरुसँग निर्वाचनमा गठबन्धनलाई नै लिएर जाने निर्णय भएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रचण्डले एमसीसी गहन अध्ययन र छलफलपछि मात्रै पास गरिएको पनि बताए । उनले भने,‘एमसीसीको विषयमा गहन अध्ययन गर्नुपर्ने भएकाले झलनाथ खनालको नेतृत्वमा संसोधन गरेर अगाडि बढ्न सकिन्छ भन्ने छलफलपछि नै एमसीसी पारित भएको हो ।
अन्तर्राष्ट्रिय कानुनका विज्ञहरुको सुझावपछि व्याख्यात्मक घोषणासहित पास गर्ने उपाय निकालेका हौँ । अमेरिकाले पनि सिद्धान्ततः स्वीकार गरेको छ । यदि अमेरिकाले अस्वीकार गर्यो भने हामीले हात उठाउँन सक्छौँ ।’
उनले आफ्नै पार्टीभित्र एमसीसीको विषयमा असन्तुष्ट नेताहरुसँग निर्वाचनपछि छलफल गर्ने पनि उल्लेख गरे । उनले भने,‘चुनावपछि पार्टीभित्र एमसीसीको कारण असन्तुष्ट नेताहरुसँग छलफल गर्नेछौँ । तर, अहिले देश निर्वाचनमा गइसकेकाले हामी फेरि एकजुट भएर निर्वाचनमा जुटिसकेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण