शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ट्युनिसियाको उत्तरी समुद्री किनारामा २० जना अवैध आप्रबासीको शव भेटियो

आइतबार, ०६ चैत २०७८, १३ : २२
आइतबार, ०६ चैत २०७८

ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रबासीहरुको शव प्राप्त भएको छ । शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ । यो समेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० ओटा शब भेटिएको यहाँको एक रेडियो स्टेशनले जनाएको छ ।

यहाँको रेडियो सेम एफएमले शनिबार दिएको समाचारअनुसार यसअघि गत शुक्रबार ट्युनिसियाको सो समुद्री किनारामा १२ ओटा शव भेटिएको थियो र शनिबार थप ७ जनाको शव भेटिएको हो ।ट्युनिसियाको सो समुद्री किनारा युरोप जाने आप्रबासीहरुले प्रयोग गर्ने गरेको एक मुख्य नाका पनि हो ।

उनीहरु अवैध रुपमा युरोप प्रवेश गर्ने क्रममा सो क्षेत्रमा पुगेका र दुर्घटनामा परेका अनुमान गरिएको ट्युनिसियाली प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप