सोमबार एमाले पोलिटब्युरो बैठक बस्ने
आइतबार, ०६ चैत २०७८, १७ : ०४
नेकपा एमालेको दशौं महाधिवेशनपछि पहिलो पटक पोलिटब्युरो बैठक बोलाएको छ । चैत ७ गते बिहान ११ बजे कार्की बैंक्वेटमा बस्नेगरी पोलिटब्युरो बैठक बोलाएको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुने उपप्रमुख रिजालले बताए । एमालेको पोलिटब्युरो कमिटीमा १९ पदाधिकारीसहित ३६ जना स्थायी कमिटी सदस्यसहित ९९ जना छन् । गत साता बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक बोलाउने र चुनावबारे छलफल गर्ने जनाएको थियो । एमालेको केन्द्रीय कमिटी बैठक चैत नौ र १० गतेलाई बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण