भ्रष्टाचारको आरोपमा वन सचिवविरुद्ध मुद्दा दायर
आइतबार, ०६ चैत २०७८, १७ : ३०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा समुदायका वनका दुई पूर्व सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आइतबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार सुनसरीको आदर्श सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरूले वनमा वृक्षारोपण र तार घेराको नाममा खर्च देखाइ भ्रष्टाचार गरेको पाइएको छ ।
वनका तत्कालीन सचिव दिपक थापा मगर र जनक थापाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको हो आयोगले जनाएको छ । दिपक थापा मगरले दुई लाख ९३ हजार ३७२ रुपैयाँ र जनक थापाले ७० हजार ८५ रुपैयाँ भ्रष्टाचार गरेको आयोगले ठहर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण