विश्वका पाँच शहर : जहाँ १०० भन्दा बढी अर्बपति बस्छन्
विश्वका पाँच वटा शहरमा १०० जनाभन्दा धेरै अर्बपति बस्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । ‘हुरून ग्लोबल रिच लिस्ट’का अनुसार विश्वका पाँच शहरमा १०० जनाभन्दा धेरै अर्बपतिहरू बस्छन् । चीनको संघीय राजधानी बेइजिङ सबैभन्दा धेरै डलर अर्बपतिहरू बस्ने शहर हो । यो शहरमा १४४ जना अर्बपति बस्छन् । यस्तै, सूचीको दोस्रो स्थानमा चीनकै आर्थिक राजधानी संघाई छ । यो शहरमा १२१ जना अर्बपति बस्ने गरेका छन् ।
यो सूचीको तेस्रो स्थानमा चीनकै शेनजेन शहर पर्छ । यो शहरमा ११३ जना अर्बपति बस्ने गरेको प्रतिवेदनले देखाएको छ । सबैभन्दा धेरै धनाढ्य बस्ने पाँच शीर्ष शहरको सूचीमा अमेरिकाको न्यूयोर्क चौथो स्थानमा अटाउँछ ।
न्यूयोर्कमा ११० जना अर्बपतिहरू बस्ने गरेका छन् भने सूचीको पाँचौं स्थानमा रहेको बेलायतको राजधानी लन्डनमा १०१ जना अर्बपति बस्ने गरेका छन् । यसैगरी, धेरै अर्बपति बस्ने शहरको छैटौं स्थानमा हङकङ पर्छ । हङकङमा ८५ जना अर्बपति बसोबास गर्छन् ।
यो सूचीको सातौं स्थानमा दक्षिण छिमेकी भारतको आर्थिक राजधानी मुम्बई पर्छ । मुम्बईमा ७२ जना अर्बपति बस्ने गरेको प्रतिवेदनले देखाएको छ ।
एजेन्सीहरूको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण