विश्वव्यापी तेलको मागलाई कसरी दैनिक २७ लाख व्यारेलले घटाउने ?
रुस र युक्रेनको द्धन्द्धका कारण विश्वमा आएको उर्जा संकटमा तेलको मागलाई घटाउन विश्वका सरकारहरुले सोच्नु पर्ने अन्तर्राष्ट्रिय उर्जा एजेन्सीले बताएको छ । उर्जा निगरानी गर्ने संस्थाले यसका लागि १० बुँदे योजनाको सार्वजनिक गरेको हो । जसमध्ये राजमार्गमा प्रति घण्टा ६ माइलले गती सीमा घटाउने, एक सातासम्म ३ दिन घरबाट काम गर्ने र सहरमा आइतबार कार मुक्त बनाउनु पर्ने लगायतका छन् । मस्कोमाथि लगाइएको प्रतिबन्धले युरोपमा हुने एक तिहाई आपूर्ति रोकिने छ । यसले अमेरिका र युरोपेली संघमा आवश्यकता पूर्ति गर्न समस्या हुने जनाइएको छ ।
आपतकालिन योजनाका अन्य कदमहरूमा कार सेयरिङ गर्ने, उच्च गती प्रयोग गर्ने र हवाईजहाजको सट्टा रात्रीकालिन रेलहरुको प्रयोग गर्ने, सम्भव भएसम्म बिजनेस हवाई यात्रा त्याग्ने, हिँडाई, साइक्लिङ र सार्वजनिक सवारी साधन प्रयोग गर्ने लगायतका छन् ।
यी योजनाहरु पूर्ण रुपमा कार्यान्वयन भएमा विश्वव्यापी तेलको मागलाई ४ महिनाभित्र दैनिक २७ लाख व्यारेलले कम गर्न सकिन्छ । यो चीनमा सबै कारले प्रयोग गर्ने बराबरी भएको आइइएले जनाएको छ । उदियमान अर्थतन्त्र जस्तै भारत र चीनले पनि यसलाई अंगिकार गरेमा प्रभाव व्यापक हुन सक्छ । यद्यपि, आपतकालिन कदमले विशेष गरी यातायातका लागि खनिज इन्धमा निर्भर रहेको विश्वपव्यापी अर्थतन्त्रमा सुस्तता आउन सक्ने छ ।
यसैले आइइएले विकल्प खोज्नुुको सट्टा टाउको दुखाएर बस्नु नै उत्तम भएको जनाएको छ । ‘युक्रेनको विरुद्धमा रुसको आक्रामकताको नतिजाले विश्वले आफ्नो ठुलो तेल आपूर्तिको सामना गर्नु परिरहेको छ । यसले हाम्रो अर्थतन्त्र र समाजमा विशाल असर पर्न सक्छ,’आईइएका कार्यकारी निर्देशक फतिह बिरोलले एक विज्ञप्तिमार्फत बताएका छन् । रुस २०२१ मा विश्वकै दोस्रो ठूलो तेल आपूर्तिकर्ता मुलुक थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण