सलमान खान अभिनित ‘टाइगर ३’ नेपालमा सुटिङ हुने चर्चा
भारत झैँ नेपालमा पनि उत्तिकै फ्यान फ्लोअर्स भएका बलिउड अभिनेता सलमान खान नेपाल आउने चर्चा बेलाबखतमा हुने गरेको छ । तर, अहिलेसम्म उनी नेपाल आएका छैनन् ।
सलमानको एक सांगीतिक टुर नेपालमा हुने भनिए पनि अन्तिम समयमा रोकिएको थियो । साथै, आइफा अवार्डमा आउने भनिए पनि सो अवार्डप्रति तीव्र विरोध भएका कारण नेपालमा भएन । यस्तै कारणले गर्दा नेपाल आउन नसकेका सलमान अब आगामी मेमा नेपाल आउने चर्चा चलेको छ ।
उनको प्रतीक्षित फिल्म ‘टाइगर ३’ को केही दृश्य छायांकनका लागि सलमान नेपाल आउने चर्चा बढेको छ । उनले नेपालमा कन्सर्ट गर्ने भनिएको समयकै आसपास पारेर फिल्मको छायांकन हुनसक्ने बताइएको छ । यद्यपि यसबारे आधिकारिक रूपमा सम्बन्धित पक्षले केही बताएको छैन ।
यस अगाडि पनि अक्षय कुमार, अनुपम खेरलगायतका कलाकारहरूको फिल्म छायांकनको अनुमति अन्तिम समयमा लिएको हुनाले सलमानको हकमा पनि त्यही हुनसक्ने बताइएको छ ।
फिल्ममा सलमानले स्पाई एजेन्ट टाइगर अर्थात् अभिनाशसिंह राठौरको भूमिका निर्वाह गरेका छन् । उनको फिल्मको छायांकन धेरै देशमा गरिएको छ । यसैले गर्दा केही दृश्य नेपालको पनि छायांकन गर्नसक्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण