हुम्ला अस्पतालबाट विशेषज्ञ सेवा दिने सम्झौता
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्ला अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ । एक महिना अघिदेखि सुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिन विशेषज्ञ चिकित्सक प्रतिष्ठानले पठाउने भएको छ ।
हुम्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउनको लागि प्रतिष्ठान र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सम्झौता भएको छ । सम्झौताको आधारमा हुम्लाको स्वास्थ्य सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले बताए ।
प्रतिष्ठानका उपकुलपति डा रावल र मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीबीच सम्झौता भएको हो । थप दुईजना विशेषज्ञ चिकित्सक पठाएर सेवालाई प्रभावकारी बनाउन लागिएको छ । सम्झौता अनुसार आगामी वैशाख अगावै विशेषज्ञ चिकित्सक हुम्ला अस्पताल पुग्नेछन् । हुम्ला अस्पतालमा सर्जिकल, ओटी र गाइनोलोजिष्टलगायतका विशषज्ञ सेवा सञ्चालनलाई तीन चिकित्सक पठाइने उपकुलपति डा.रावलले बताए ।
यसपछि जटिल शल्यक्रिया हुम्लामै गर्न सकिने छ । बिरामी बाहिर पठाउने कार्यलाई निरुत्साहित बनाइने छ । देशभरका प्रतिष्ठानले दुर्गम जिल्लामा विशेषज्ञ सेवा दिनुपर्ने मन्त्रालयको योजना अनुसार कर्णाली प्रतिष्ठानले हुम्ला रोजेको हो ।
प्रतिष्ठान कर्णालीको मात्र नभइ पश्चिम नेपालकै भरोसा केन्द्रका रुपमा विकास भइरहेकोले सोही अनुसार प्रतिष्ठानले आफ्नो सेवा, शिक्षा तथा अनुसन्धानको दायरालाई पनि बढाउँदै गएको प्रतिष्ठानका उपकुलपति डा रावलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण