निर्वाचन आयोगको आचारसंहिता खारेज गर्न माग गर्दै रिट
सोमबार, ०७ चैत २०७८, १९ : ४०
सर्वोच्च अदालतमा निर्वाचित जनप्रतिनिधिले पुनः उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगले तयार पारेको आचारसंहिता खारेज हुनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
आयोगले बनाएको आचारसंहिता गैरकानूनी भएको तथा केन्द्र र प्रदेशको हकमा नपर्ने तर स्थानीय तहका प्रतिनिधिलाई मात्र लक्षित गरेर बनाइएको आचारसंहिता गैरकानुनी भएको रिट निवेदनमा छ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते ७५३ वटै स्थानीय तहको निर्वाचन एकैपटक गर्ने तय गरेको छ भने निर्वाचनमा फेरि उठ्न चाहने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण