युवा तथा साना व्यवसायी स्वरोजगार कोषको पैसा १५ दिन भित्र तिर्न अल्टिमेटम
मङ्गलबार, ०८ चैत २०७८, १७ : १४
युवा तथा साना व्यवसायी स्वरोजगार कोषले पैसा १५ दिन भित्र तिर्न अल्टिमेटम दिएको छ । कोषले सोमबार एक सूचना जारी गर्दै कर्जा सम्झौता गरी कोषको रकम निकासा लिएका सहकारी संस्थाहरुलाई अबिलम्ब पैसा तिर्न अपिल गरेको हो ।
यदि तोकिएको समय भित्र नतिरे कारबाही गर्ने चेतावनी समेत कोषले दिएको छ । कोषसँग कर्जा सम्झौता गरी कोषको रकम निकासा लिएका केही सहकारी संस्थाहरुले कोषको रकम नियमितरुपमा तिर्नु÷बुझाउनु पर्नेमा बाँकी देखिएकाले सूचना प्रकाशित भएको १५ दिनभित्र कोषको खातामा रकम दाखिला गरी स्पष्ट बुझिने भौचरको प्रतिलिपि कोषमा उपलब्ध गराउन सम्बन्धित पक्षलाई कोषले भनेको छ ।
अन्यथा संचालन नियमावली, २०७७ एवं स्थानीय तहको निर्वाचन सम्बन्धि आचार संहिता २०७८ बमोजिम सहकारी विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइने समेत कोषले सूचनामा बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण