निजी सवारीले यात्रु बोकेको भन्दै सुर्खेतमा सार्वजनिक यातायात बन्द
यातायात व्यवसायीहरूले सुर्खेतमा अनिश्चितकालका लागि सार्वजनिक सवारी बन्द गरेका छन् । भाडाका निजी सवारीहरूले मनलाग्दी यात्रु बोकेको, स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरूले स्वतस्फूर्त सार्वजनिक यातायात बन्द गरेका हुन ।
बिहानैदेखि व्यवसायीहरूले बसपार्कबाट कुनै पनि सार्वजनिक सवारी छुटाएका छैनन् । बसपार्कमा वीरेन्द्रनगरबाट बाहिरिने यात्रुहरूको भने बिचल्ली भएको छ । मुख्य गरी निजी (रातो नम्बर प्लेट) का सवारीहरूले खुलेआम यात्रुहरू ओसार्ने कार्य गरेकाले व्यवसायीहरूले बाध्य भएर सार्वजनिक यातायात बन्द गर्नु परेको देउती नागरिक यातायात प्रा.लि.का सचिव रमेश खड्काले जानकारी दिए ।
उनकाअनुसार बुधबार बिहानदेखि प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने कुनै सवारी सञ्चालनमा आएका छैनन् । ‘बारम्बार स्थानीय प्रशासन र प्रहरीलाई यातायात व्यवसायीहरूले संयुक्त रूपमा यस विषयमा जानकारी गराउँदा पनि सुनुवाइ भएन,’ सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले भने, ‘एकातिर तेलको मूल्य बढ्दा पनि सरकारले भाडा समायोजन गरेको छैन, सार्वजनिक सवारीमा जानु पर्ने यात्रुहरूलाई प्रहरीकै अघिबाट ओहोरदोहोर गर्दा नियन्त्रण हुँदैन यस्तो अवस्थामा कसरी सार्वजनिक सवारी सञ्चालनमा ल्याउनु । अव निजीले नै यात्रुहरू बोक्छन् हामी गाडी चलाउँदैनौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण