रुख कटानमा ढिलाइले राजमार्ग विस्तार प्रभावित
रुख कटानमा भएको ढिलाइले सुर्खेत खण्डमा मदन भण्डारी राजमार्ग विस्तारको काम प्रभावित भएको छ । रुख कटानसम्बन्धी प्रक्रियागत ढिलाइले हाल वन क्षेत्र नभएका स्थानमा मात्र सडक स्तरोन्नतीको काम भइरहेको छ ।
राजमार्गको पूर्वी खण्डमा ३५.०५ किलोमिटर र पश्चिम सुर्खेतमा ९४ किलोमिटर क्षेत्र पर्छ । सडक क्षेत्रमा साना ठूला गरी करिब पाँच हजार रुख कटान गर्नुपर्ने आयोजनाका सुर्खेत कार्यालय प्रमुख मुकुन्दप्रसाद लामिछानेले जानकारी दिए । कटान गर्नुपर्ने रुखको पहिचान, सामुदायिक वन उपभोक्ता समिति, सबडिभिजन र डिभिजन वन कार्यालयले आवश्यक प्रक्रिया सुरु गरिसकेका छन् ।
रुख कटानसम्बन्धी वन कार्यालयबाट तयार भएको फाइल वन विभाग, मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकले अनुमति दिएपछि मात्र कटानको बाटो खुल्नेछ । विद्युत्का पोल, ट्रान्सफर्मरलगायत संरचनालाई सार्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले अनुमति दिइसकेको उनले बताए ।
पूर्वी सुर्खेतको धुलियाबिट–भेडाबारी–बोटेचौर सडकखण्डमा स्तरोन्नतीको काम भइरहेको छ । उक्त सडकले वीरेन्द्रनगर, लेकबेँसी र गुर्भाकोट नगरपालिकाका भू–भागलाई समेट्छ । राष्ट्रिय राजमार्गको मापदण्डअनुसार यो सडकलाई नौ मिटर फराकिलो बनाइँदैछ ।
सडक स्तरोन्नतिका लागि रु एक अर्ब ९४ करोड ८४ लाख लागत अनुमान गरिएको छ । ठेक्का सम्झौता भने रु एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा भएको लामिछानेले बताउनुभयो । विसं २०८० पुस २७ सम्ममा स्तरोन्नतीको काम सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको छ ।
वन क्षेत्र नपर्ने स्थानमा सडकलाई फराकिलो बनाउन साइड कटिङलगायतका काम भइरहेका छन् । “नाला निर्माण, भित्ताको माटो काट्ने, साइडलेन, पर्खाल निर्माण तथा ग्राभेल जस्ता काम भइरहेका छन्”, लामिछानेले भने, ‘कतिपय स्थानमा नयाँ सडक निर्माण गर्नुपर्ने नभई पुरानै सडक विस्तार गर्नुपर्ने अवस्था छ ।’ सुर्खेतको पश्चिम खण्डको सडक विस्तारको काम सुरु हुनसकेको छैन । पश्चिम खण्डमा पर्ने १३ किमी सडक प्रदेश सरकारले बनाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण