यातायात व्यवस्था विभागमा अव्यवस्था, सूचनाकै टुङ्गो छैन
सेवाग्राहीले सास्ती, हैरानी र अव्यवस्था भोग्नुपर्ने सरकारी निकाय मध्येको एक यातायात व्यवस्था विभागले सूचनासमेत व्यवस्थित ढंगले प्रवाह गर्न नसकेको देखिएको छ । सर्भरहरूमा समस्या देखिएकाले बुधबार बेलुकी ५ बजेदेखि अनिश्चितकालका लागि सेवा अवरुद्ध हुने जनाएको विभागले गलत सूचना सच्याएको हो ।
यसअघि, विभागका सर्भरहरूमा समस्या देखिएकाले समस्या समाधान नभएसम्म अनिश्चितकालका लागि सेवा बन्द हुने जनाएको थियो । तर, विभागले गल्ती सच्याउँदै भोलिसम्म मात्र सेवा बन्द हुने जानकारीसहित दोस्रो सूचना सार्वजनिक गरेको हो ।
![]() |
देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालीन बन्द |
विभागले विभागले सच्याएर सार्वजनिक गरेको सूचनामा लखिएको छ, ‘आज अपरान्ह ५ बजेदेखि भोलि (१० गते) बिहान ६ बजेसम्मका लागि विभागबाट प्रदान गर्ने सेवा अवरुद्ध हुनछ ।’ विभागका सर्भरहरूमा विद्युत आपूर्ति प्रणालीको यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने विभागले जनाएको हो ।
विभागले यसअघि सूचना जारी गर्दै सर्भरमा समस्या आएको र सो समस्या समाधान नभएसम्मका लागि सेवा अवरुद्ध हुने बताएको थियो । विभागको सर्भर पटकपटक डाउन हुँदा सेवाग्राहीले सास्ती भोग्दै आएका छन्‌ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण