बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रको विदाबाहेक ६ वटा विदा प्रदेशमा थपियो

बुधबार, ०९ चैत २०७८, १९ : ३५
बुधबार, ०९ चैत २०७८

प्रदेश १ सरकारले २०७९ सालमा केन्द्र सरकारले दिने सार्वजनिक विदा बाहेकका ३ वटा विदा प्रदेशमा थप गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेशका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले दिएको जानकारी अनुसार त्यस्ता विदामा भदौ ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गतेको छठ पर्व र कात्तिक २५ गतेका दिन फाल्गुनन्द दिवस रहेको छ । आजको बैठकले आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी प्रस्ताव पनि पारित गरेको छ । यस्तो सहयोग असाध्य रोग लागेका बिरामीलाई उपचार खर्चवापत हुने मन्त्री घिमिरेले जानकारी दिए ।

यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्तुत गरेको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन तथा समन्वय सम्बन्धी कार्यविधि, २०७८ स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने र वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँटको बजेट सीमा निर्धारण गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ । मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयले प्रस्तुत गरेको ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान(पहिलो संशोधन नियमावली, २०७८’ स्वीकृत गरेको छ ।

त्यसैगरी, पर्यटन तथा संस्कृति मन्त्रालयले प्रस्तुत गरेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रतिवेदन पनि बैठकले स्वीकृत गरेको छ । सोही मन्त्रालयले प्रस्तुत गरेको प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक, २०७८ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप