दक्षिण कोरियामा एकै दिनमा तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित
दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
यहाँका अधिकारीहरुले पछिल्ला केही दिनमा यहाँ कोरोना भाइरसका सङ्क्रमितहरुको संख्यामा केही कमी आएको तर उल्लेख्य मात्रामा भने घट्न नसकेको बताएका हुन् । यहाँ बुधबार तीन लाख ९५ हजार ७०० जनाजति सङ्क्रमित पाइएको उनीहरुले बताएका छन् ।
दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घण्टा यता त्यो भन्दा अघिल्लो दिनका तुलनामा भने केही कमी आएको बताइएको छ । अघिल्लो दिनमात्र यहाँ ४ लाख ९० हजार जनाको हाराहारीमा संक्रमितहरु भेटिएका थिए ।
सो निकायका अनुसार अहिलेसम्म यहाँ कोरोना सक्रमित हुनेको संख्या एक करोड नाघेको छ । यहाँ पछिल्ला केही दिनमा दैनिक कम्तीमा पनि तीन लाखको संख्यामा संक्रमित देखिने गरेका छन् । यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् । उनीहरुले नागरिकहरुले पूर्णमात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण