पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल, देवको डेब्यू
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डीङ रोजेका छन् । पीएनजीले नेपालविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ । आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको नेपालले आज घरेलु मैदानमा पीएनजीसँग पहिलो एकदिवसीय सिरिज खेल्न लागेको हो ।
यूएईमा नेपालले पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा जित निकालेको थियो । पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।
सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने नेपाल सहज जित निकाल्दै सिरिजको सुरुवात गर्ने योजनामा छ । सन्दीपको कप्तानीमा नेपालले घरेलु मैदानमा पहिलो पटक खेल्दैछ । त्यसैले पनि सन्दीपका लागि आजको खेल महत्त्वपूर्ण रहनेछ ।
नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान), दिपेन्द्र सिंह ऐरी, देव खनाल, कुशल भुर्तेल, कमल सिंह ऐरी, सोमपाल कामी, रोहित कुमार पौड्यल, पवन सरार्फ, आरिफ सेख, भिम सार्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण