मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट

शुक्रबार, ११ चैत २०७८, १० : २८
शुक्रबार, ११ चैत २०७८

विद्युतीकरण नभएको ठाउँमा तत्काल विद्युत पुर्याउने उद्देश्यले जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको छ । वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको ९० प्रतिशत अनुदान अन्य १० प्रतिशत प्रदेश सरकार र स्थानीयले साझेदारीमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको हो । जुनीचाँदे गाउँपालिका–७ मा जुनी सौर्य मिनिग्रेट ३५ किलोवाट, कुशे–७ स्थित कुशे ठाँटीकोट सौर्यमिनिग्रेट १६० किलोवाट र नलगाड नगरपालिका–८ मा नलगाड मंसिरी सौर्य मिनिग्रेट १८ किलोवाट निर्माण हुने भएको छ । 

योभन्दा अगाडि बारेकोट गाउँपालिका–५ मा १७० किलोवाटको सौर्य मिनिग्रेटको काम जारी रहेको छ । १६ करोड ८९ लाख ५२ हजार रुपैयाँ लागतमा निर्माण हुने सौर्य मिनिग्रेट मध्यबाट १० प्रतिशत प्रदेश र स्थानीय तहले साझेदारी गर्ने वैकल्पिक उर्जा प्रवर्द्धन  केन्द्रका सहायक निर्देशक डाक्टर लक्ष्मण प्रसाद घिमिरेले बताए ।

तत्काल विद्युत पुर्‍याउन नसकिने ठाउँमा यस्ता खालका योजनामा कर्णाली सरकार तयार रहेको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए । 

जाजरकोटमा भेरी, नलगाड, शिवालय र छेडागाड नगरपालिकाका केही ठाउँमा ११ केभी प्रशारण लाइन पुगेको छ । बारेकोट, जुनीचाँदे गाउँपालिकामा केन्द्रीय विद्युतको प्रशारण लाइन पुग्न सकेको छैन । नलगाड नगरपालिकाको अधिकांश वडामा केन्द्रीय लाइन पुगेको छैन । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप