सानेपामा काँग्रेस बैठक सुरु, बैठकअघि देउवाविरुद्ध नाराबाजी (तस्बिरहरु)
स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा खासगरी तीनवटा एजेण्डामा छलफल हुने सो पार्टीका नेताहरुले बताएका छन् ।
नेताहरुका अनुसार बैठकमा सातै प्रदेशका प्रदेश सभापतिहरुले पार्टीको अवस्थाबारे रिपोर्टिङ सुनाउने छन् त्यसपछि ‘घर घर जाउ काँग्रेस जिताउ’ अभियानमा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुलाई बोल्न समय छुट्टयाइएको छ ।
ती प्रतिनिधिलाई ५ मिनेटका दरले बोल्ने समय छुट्टयाइएको छ ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदरवार छान्न संसदीय बोर्ड गठन गर्नुपर्ने काँग्रेसको विधान भएकाले बैठकमा त्यसबारे समेत छलफल गर्ने काँग्रेसको तयारी छ ।
साथै महामन्त्री गगन थापा नेतृत्वको घोषणापत्र मस्यौदा समितिलाई पुर्णता दिन सदस्यहरुको नाम छनोट गर्ने काँग्रेसले जनाएको छ । बैठक एक दिनका लागि मात्रै भनेर बोलाइए पनि छलफलका एजेण्डा बढि भएकाले लम्बिन सक्ने काँग्रेस नेताहरुको भनाइ छ ।
यसैबीच काँग्रेस पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेविसंघ र तरुण दलको अध्यक्ष चयनप्रति असन्तुष्टि जनाउदै असन्तुष्ट पक्षले नारावाजी गरेका थिए । उनीहरुले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण