बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सानेपामा काँग्रेस बैठक सुरु, बैठकअघि देउवाविरुद्ध नाराबाजी (तस्बिरहरु)

शुक्रबार, ११ चैत २०७८, १५ : ४८
शुक्रबार, ११ चैत २०७८

 स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा खासगरी तीनवटा एजेण्डामा छलफल हुने सो पार्टीका नेताहरुले बताएका छन् । 

नेताहरुका अनुसार बैठकमा सातै प्रदेशका प्रदेश सभापतिहरुले पार्टीको अवस्थाबारे रिपोर्टिङ सुनाउने छन् त्यसपछि ‘घर घर जाउ काँग्रेस जिताउ’ अभियानमा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुलाई बोल्न समय छुट्टयाइएको छ । 

ती प्रतिनिधिलाई ५ मिनेटका दरले बोल्ने समय छुट्टयाइएको छ । 
स्थानीय तह निर्वाचनका लागि उम्मेदरवार छान्न संसदीय बोर्ड गठन गर्नुपर्ने काँग्रेसको विधान भएकाले बैठकमा त्यसबारे समेत छलफल गर्ने काँग्रेसको तयारी छ ।

 साथै महामन्त्री गगन थापा नेतृत्वको घोषणापत्र मस्यौदा समितिलाई पुर्णता दिन सदस्यहरुको नाम छनोट गर्ने काँग्रेसले जनाएको छ । बैठक एक दिनका लागि मात्रै भनेर बोलाइए पनि छलफलका एजेण्डा बढि भएकाले लम्बिन सक्ने काँग्रेस नेताहरुको भनाइ छ । 

यसैबीच काँग्रेस पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेविसंघ र तरुण दलको अध्यक्ष चयनप्रति असन्तुष्टि जनाउदै असन्तुष्ट पक्षले नारावाजी गरेका थिए । उनीहरुले सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए  ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप