गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी
दैलेखको गुराँस गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेकपा एमालेले सत्ताको दुरुपयोग गर्दै मनोमानी ढंगले सरकारी सम्पत्ति हिनामिना हुन थालेका कारणले तालाबन्दी गरेको जनाएको छ । वडा अध्यक्षको राय विपरीत र कार्यपालिकाको निर्णय विपरीत गाउँपालिका अध्यक्षलगायतका कर्मचारीले अवज्ञा गर्न थालेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको एमाले गुराँस गाउँपालिकाका अध्यक्ष हेमबहादुर वलीले बताए ।
बिहीबार गाउँपालिकाले गुराँस आधारभूत विद्यालय रानीमत्ताको विद्यालयमा गोदाम गरी राखिएको लत्ताकपडा, भाँडाकुँडा, सिलाई मेसिन र फिल्टरलगायतका सामानहरू अपारदर्शी तरिकाले अन्यत्र लैजान खोजिएको त्यस विषयमा गाउँपालिका उद्देश्यका विषयमा जानकारी दिनुपर्ने अध्यक्ष वलीले बताए । ‘सार्वजनिक सम्पत्ति हिनामिना हुन थालेपछि हामीले तालाबन्दी गर्नु परेको हो,’ उनले भने,‘पटक पटक सार्वजनिक सम्पत्तिको हिनामिना हुँदै आएको छ ।’
सार्वजनिक सम्पत्तिको दोहन नरोकिएसम्म अनिश्चितकालसम्म तालाबन्दी गर्ने एमाले गुराँस गाउँपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण