अर्जेन्टिनाको सहज जित
शनिबार, १२ चैत २०७८, ०८ : ५६
अर्जेन्टिनाले फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सहज जित निकालेको छ । यसअघि नै विश्वकपमा छनोट भइसकेको अर्जेन्टिनाले भेनेजुएलालाई ३–० गोल अन्तरले हराएको हो ।
शनिबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनल मेस्सीले एक एक गोल गरे । ला बोम्बोनेरामा खेलको ३५ औं मिनेटमा गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
डी मारियाले ७९ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ८२ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाए । जितसँगै अर्जेन्टिनाले १६ खेल ३८ अंक जोडेको छ । अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ । पराजित भेनेजुएला १० अंक जोडेर पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण