मतपेटिका नकिन्ने दाबी गरेको निर्वाचन आयोगले सवा करोडको ठेक्का लगायो
स्थानीय तह निर्वाचनमा मौज्दात मतपेटिका नै प्रयोग गर्ने र नयाँ खरिद नगर्ने जनाएको निर्वाचन आयोगले टेकुस्थित केएस इन्टरनेशनललाई नयाँ मतपेटिका आपूर्ति ठेक्का दिएको छ । आयोगले मतपत्र खरिद निम्ति विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको थियो । सो ठेक्का एसके इन्टरनेशनलले हात पारेको हो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ अनुसार मतपेटिका खरिद बोलपत्र स्वीकृत गरिएको आयोगले जनाएको छ । ठेक्का पाएको केएस इन्टरनेशनललाई क्रेडिट लाइन सुविधा र कार्यसम्पादन जमानतसहित सम्झौता गर्न आयोगले सोमबार बोलाएको छ ।
आगामी वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह निर्वाचन हुँदैछ । निर्वाचन क्रममा करिब २२ हजार मतदान केन्द्र रहनेछन् । अघिल्लो स्थानीय तह निर्वाचन तुलनामा आगामी निर्वाचनमा झण्डै १५ लाख मतदाता थपिएको आयोगले अनुमान गरेको छ ।
यसअघि आयोगले आगामी स्थानीय तहको चुनावमा अघिल्लो पटकको चुनावमा प्रयोग भएका मतपेटिका नै प्रयोग गर्ने जनाएको थियो । चुनावका लागि ५५ देखि ६० हजार मतपेटिका चाहिनेमा सो सङ्ख्याको मतपेटिका आयोगसँग मौज्दात रहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई बताएका थिए । आयोगसँग मतपेटिका मौज्दात नै रहेकाले खरिद गर्नु नपर्ने भएको भएको उनको भनाइ थियो । तर, मतपत्र ठूलो भएको अवस्थामा केही मात्रामा द्रुत प्रक्रियाबाट ठूला आकारको मतपेटिका खरिद गर्नुपर्ने आयोगका अधिकारीहरूले बताएका थिए ।
स्थानीय तह निर्वाचनका लागि एक मतदाता बराबर एउटा मतपत्र हुन्छ । ७ वटा चुनाव चिह्न भएको मतपत्रमा छाप लगाएर मतपेटिकामा खसालिन्छ । आयोगसँग रहेको एउटा मतपेटिकामा झन्डै १ हजार मतपत्र खसाल्न सकिन्छ । आयोगले मतदान निम्ति आवश्यक स्वस्तिक छाप भने १ लाख गोटा खरिद गर्ने जनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण