कर्णाली प्रदेश सरकारले ८ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने
कर्णाली प्रदेश सरकारले अध्ययन गर्न चाहनेका विद्यार्थी लागि आठ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने भएको छ । एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई कर्णालीको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि अध्ययन गर्न चाहनेले आठ प्रकारका छात्रवृत्ति पाउने भएका हुन् ।
एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई यही ११ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विन्दमान विष्टले बताए । ‘यसबाट आठ प्रकार छात्रवृत्ति उपलब्ध हुनेछ ,’ उनले भने, ‘यसले गर्दा उच्च शिक्षा पढ्न चाहने जेहेन्दारका लागि सहज हुनेछ ।ु
प्राविधिक छोरी बुहारी छात्रवृत्ति, चिकित्सा, इन्जिनियरिङ, कृषि र भेटेनरी उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति र उच्च शिक्षा जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउने प्रवक्ता विष्टले जानकारी दिए ।
त्यस्तै, उच्च शिक्षा सीमान्तकृत तथा लोपोन्मुख वर्ग छात्रवृत्ति, आधारभूत तथा माध्यमिक शिक्षामा गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागी सार्वजनिक निजी साझेदारी कार्यक्रम र जनआन्दोलन र सहिदका सन्ततिका लागि उच्च शिक्षा छात्रवृत्ति कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने प्रवक्ता विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण