काँग्रेस केन्द्रीय समिति बैठक : चुनाव प्रचारमा खटिएका प्रतिनिधि रिपोर्ट बुझाउँदै
आइतबार, १३ चैत २०७८, १५ : ५४

नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा चुनाव प्रचार प्रसार अभियानमा खटिएका प्रतिनिधिले रिपोर्ट प्रस्तुत गरिरहेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा जिल्ला जिल्लामा चुनावी प्रचार अभियानमा खटिएका प्रतिनिधिले रिपोर्ट प्रस्तुत गरेका हुन् । आइतबारको बैठकमा अहिलेसम्म १३ जनाले रिपोर्ट प्रस्तुत गरेका केन्द्रीय सदस्य मिनाक्षी झाले जानकारी दिइन् ।
‘शुक्रबारको बैठकमा २२ जनाले रिपोर्ट प्रस्तुत गर्नुभएको थियो, आज बाँकीले बुझाउँदै हुनुहुन्छ,’ झाले भनिन् । उनका अनुसार चुनावी अभियानमा खटिएका अधिकांशले कांग्रेस आगामी चुनावमा गठबन्धनसहित जानुपर्छ भन्ने सुझाव आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइसीयू’ र ‘सीसीयू’ कक्षमा विद्युत सेवा अवरुद्ध, मोबाइलबाट ‘लाइट’ बालेर उपचार
-
पाकिस्तानसँगको द्वन्द्वमा लडाकु विमानहरू खसालिएको प्रश्नमा भारतीय जनरलले के भने ?
-
फ्रान्सेली टोलीलाई नारच्याङमा भव्य स्वागत
-
‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाईँदै
-
लगातार चौथो वर्ष रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
-
जुत्ता गन्हाएर वाक्क हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय