शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको सहयोगमा क्यालिस्थेनिक्स पार्क सञ्चालनमा

बुधबार, १६ चैत २०७८, १० : ३२
बुधबार, १६ चैत २०७८

सिद्धार्थ बैंकको यहयोगमा क्यालिस्थेनिक्स पार्क सञ्चालनमा आएको छ ।  पेप्सीकोलास्थित सूर्यमुखि पार्कमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रही बैंकले क्यालिस्थेनिक्स पार्क सञ्चालनमा ल्याएको छ । नेपाली युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सको सहकार्यमा निर्माण गरिएको उक्त पार्कको समुद्घाटन बैंकका प्रमुख  भ्याली रिर्सोसेस प्रदिप पन्त र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायमाझीले गरे ।

व्यस्त जीवनशैलीका कारण शारीरिक व्यायामको कमीले बढ्दै गएको स्वास्थ्य समस्या कम गर्नुका साथै खुल्ला स्थानको सदुपयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त पार्क निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको हो । निःशुल्क व्यायाम उपकरणको सुविधा भएको उक्त पार्क सञ्चालन पश्चात् त्यस क्षेत्रका स्थानीयवासीहरुका लागि स्वस्थ जीवनशैली विकास गर्न केही हदसम्म भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप